- संगालोखबर सम्वाददाता

काठमाडौं । महिला प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दामा गायिका राउतलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

Advertisement

केहि दिन अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच विवाद भएको थियो । घटनापश्चात श्रेष्ठमाथि ‘अभद्र व्यवहार’ गरेको उजुरी परेपछि राउतलाई पक्राउका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले अनुमति दिएको थियो ।

कार्यक्रमको सिलसिलामा केहि दिन यता राउत मुलुक बाहिर थिईन् । आफु बिरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल फर्किए लगत्तै प्रहरी कार्यालय पुगेकी राउललाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर टेकुका प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!