काठमाडौं । बौद्धमा गुण्डा विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ ।

प्रहरी टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको डीएसपी रमेशबहादुर सिंहले बताए । ‘विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेको थियो’, सिंहले भने, ‘भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो ।’

हाल उनलाई वीर हस्पिटल पठाइएको सिंहले बताए ।

प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।

त्यस्तै, ०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिलाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोग पनि तामाङमाथि छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!