- संगालोखबर सम्वाददाता

धनकुटा । तामाङ जातिको महान पर्व सोनाम ल्होछारको अवसरमा शनिबार धनकुटाको हिलेमा र्‍यालीसहित साँस्कृतिक कार्यक्रम गरिएको छ । नेपाल तामाङ घेदुङको आयोजनामा र्‍यालीसहित साँस्कृतिक कार्यक्रम गरेर ल्होछार मनाइएको हो ।

Advertisement

जातिय मौलिक भेषभुषा र झाँकीसहित तोङ्बा चोकबाट सुरु भएको र्‍यालीले हिले बजारको परिक्रमा गरेको थियो । सो अवसरमा एकल जातिय संस्थाहरुले मौलिक झाँकी प्रस्तुत गरेका थिए । र्‍याली पश्चात शुभकामना आदान–प्रदान एवं साँस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले मुलुकमा सबै जातजातिको मौलिक संस्कृतिको समान महत्व हुने धारणा राखे ।

घेदुङका संघिय सदस्य लालचन्द्र गोङ्वा, तामाङ घेदुङ प्रदेश समितिका निवर्तमान सचिव निरेन तामाङ, नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष संजयसन्तोषी राई लगायतले जातीय संस्कृतिको उत्थानमा राज्यले चासो दिनु पर्नेमा जोड दिए ।

सो अवसरमा गायक जगत घिसिङ, मिलन लामा र गायिका मनिका मोक्तानले तामाङ सेलोमा सांगितिक प्रस्तुति दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!