- संगालोखबर सम्वाददाता
फाईल तस्वीर

सुनसरी । गाई काटेको आरोपमा सुनसरी हरिनगरा गाँउपालिका–२ भुटाहाबाट दुई जना पक्राउ परेका छन् । हरिनगरा–२ भुटाहाका ४५ बर्षीय सदुल अन्सारी र हरिनगरा–४ का ४२ बर्षीय लुकमान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अन्सारीको घरमा गाई काटेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले शुक्रबार बिहान करिव १० बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अन्सारीको घरबाट गाईको टाउको, खुकुरी र अचानो पनि बरामद गरेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!