- संगालोखबर सम्वाददाता


काठमाडौं । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले अस्पतालका कार्यकारी निर्देशक प्रसाईलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले आफुसँँग २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका थिए । त्यसपछि प्रसाईंविरुद्ध डा. गिरीले मानहानीको मुद्दा हालेका थिए ।

सोहि मुद्दामा प्रसाईलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो । अदालतको अनुमति पाएपछि पक्राउका लागि प्रहरी भक्तपुरस्थित उनको निवास पुगेको छ । तर, उनी त्यहा नभेटिएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!