संगालोखबर


विराटनगर । विराटनगर-१८ भेडियारीमा गाँजा र भारतीय नम्बरको मोटरसाइकल छाडेर पोखरीमा हाम फालेका किशोर मृत फेला परेपछि प्रहरी र स्थानीयबीच झडप भएको छ ।

स्थानीयवासी र प्रहरीबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि अवस्था तनावग्रस्त बनेको हो । वार्ता विफल भएपछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

Advertisement

घटनाका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले अवस्था सामान्य बनाउने प्रयास गरिरहेको छ ।

गाँजा नियन्त्रणमा लिन प्रहरीले पिछा गरेको थाहा पाएपछि बुधबार बिहान १७ वर्षीय मञ्जितकुमार यादवले पोखरीमा हाम फालेका थिए । उनको आज बिहान शव फेला परेको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!