
विराटनगर । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार सात सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ८७ हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला एक सय ७० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार पाँच सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















