संगालोखबर


काठमाडौँ  । आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-१ घर भएकाका २५ वर्षीय नेपालीको वीर अस्पतालमा निधन भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अस्पतालमा सघन उपचार गराइरहेका नेपालीको स्वास्थ्य अवस्था थप बिग्रिएको थियो । यसअघि अस्पतालले नेपालीको स्वास्थ्य अवस्था अत्यन्तै अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो ।

Advertisement

शरीरको ५५ प्रतिशत भाग जलेर गम्भीर भएका उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनलाई वीर अस्पतालको ‘बर्न आइसीयु वार्ड’ मा भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो ।

बिरामीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भएपनि स्वास्थ्य अवस्था स्थिर नभएका कारण स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको छ।

नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!