सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिएका हुन् ।
काठमाडौँ । सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसन सम्बन्धि अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सर्वत्र आलोचना भएको छ । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बिहीबार सार्वजनिक भएको हो ।
अडियो बाहिरिएसँगै वाँस्कोटाको आलोचनाले सामाजिक सञ्जाल भरिएको छ । मन्त्री बाँस्कोटाप्रति धेरैले व्याङ्ग्य गरिरहेका छन् । सेक्यूरिटी प्रेससँग सम्बन्धित एक...
धनकुटा । खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका सहिद परिवारले ४० वर्षपछि बुधबार राज्यको तर्फबाट राहत पाएका छन् । २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रदेश नम्बर १ सरकारले राहत उपलब्ध गराएको हो ।
सहिदभूमी गाउँपालिकाको छिन्ताङ स्थित सहिद पार्कमा कार्यक्रम गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेका हुन् ।
सहिद पुत्रमान थुलुङ राई, गोपाल आनन्द राई, रणध्वज पु...
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ घोर्लिखर्कमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालयसँग सहकार्य गरेर सञ्चालन गरिएको शिविरमा ४ सय २८ जना बिरामीको स्वास्थ्य परिक्षण गरिएको आयोजक वरख गणले जनाएको छ ।
शिविरमा नेपाली सेनाका सहसेनानी डा. नरेन्द्र क्षत्री, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.पुजन विश्वकर्मा लगायत चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्...
ईटहरी। मोफसलमा पहिलोपटक लोक गीत संगित क्षेत्रमा सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड आयोजना हुने भएको छ । ईटहरीमा आगामी फागुन १४ गते आयोजना हुने कार्यक्रममा २२ वटा बिधामा अवार्ड प्रदान गरिने छ । पूर्वेली मिडिया नेटवर्कको आयोजनामा राजधानी बाहिर पहिलोपटक शुद्ध मौलिक लोकगीत, संगित, कला, संस्कार र संस्कृतिको सम्र्बद्धन र प्रर्बद्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ सो अवार्ड आयोजना हुन लागेक...
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा सञ्चातिल अन्तरवडा स्तरीय दोस्रो मेयरकप फुटवल प्रतियोगिताको उपाधि वडा नं.४ ले जितेको छ । फाइनलमा वडा न ८ लाई ०–१ गोलले पराजित गर्दै वडा नं. ४ बिजयी बनेको हो ।
मध्यान्तरपछिको ३९ औं मिनेटमा जर्सी नं ११ का विनोद बुढाथोकीले एकमात्र निर्णायक गोल गर्दै टिमलाई बिजयी गराएका हुन् । जितसँगै वडा नं ४ ले नगद १ लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ भने उप–व...
काठमाण्डौं । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने विद्युत्को समेत आर्थिक लाभ प्राप्त भएको छ । नियमित विद्युत् आपूर्ति पछि चोरी तथा चुहावटमा संलग्नसमेत हच्किएका छन् । सकारात्मक परिणाम प...
बिराटनगर । बिराटनगरमा शुक्रबारदेखि कृषि तथा औद्योगिक अन्र्तराष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको प्रदर्शनीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले शान्तिको दूत परेवा उडाएर उद्घाटन गरेका छन् ।
प्रदर्शनी उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उद्योग व्यावसाय क्षेत्रको अर्थतन्त्रलाई चलायमान बनाउँन एक्स्पोले सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘एक्स्पोमा उल्ले...
बिराटनगर । बिराटनगरमा आजबाट बिराट एक्स्पो सुरु हुँदैछ । बिराटनगर–२ शंकरपुर मार्ग स्थित मैदानमा दिउँसो साँढे १ बजेबाट सुरु हुँने एक्स्पोलाई अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गर्दैछन् ।
एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजक उद्योग संगठन मोरङले पत्रकार सम्मेलन गरेर जानकारी गराईसकेको छ । प्रदर्शनीमा नेपालसहित बिभिन्न देशका ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले जानकारी द...
धनकुटा । धनकुटाको पाख्रीवासमा सञ्चालित नगर स्तरिय तीन दिने कृषि मेला प्रदर्शनीमा २८ जना किसानलाई पुरस्कृत गरिएको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी नयाँ कृषि प्रविधिको बारेमा किसानहरुलाई जानकारी दिने उद्देश्यले नगरपालिकाद्वारा आयोजित मेलामा मसला, फलफुल, दलहन, तरकारी, खाद्यान्न र आलुबालीका उत्कृष्ट किसानहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।
कृषकहरुलाई पुरस्कृत गर्दै नगर उपप्रमुख देवकला तिम्सिनाले...
धनकुटा । धनकुटाका २६ वटा निजी विद्यालयमा बिहिबार शोक बिदा दिइएको छ । निजी विद्यालयहरुको छाता संगठन प्यावसन धनकुटाले संगठनमा आवद्ध जिल्लाभरका निजी विद्यालयमा शोक बिदा गर्ने निर्णय गरेको हो ।
धनकुटाको हुलाकटोल स्थित तुलसी मेहर स्कुलमा कार्यरत कार्यालय सहयोगी वीरबहादुर राईको गएराती निधन भएपछि शोकमा बिद्यालयहरु बिदा गर्ने निर्णय भएको प्यावसनका बरिष्ठ उपाध्यक्ष दुर्गा लुइटेलले जानकारी दिए ।
अचानक ब...
काठमाडौं । नायिका महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ उनी सवार स्कुटर बससँग ठोक्किदा उनको मृत्यु भएको हो ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो ।
२२ वर्षीया सिलवाल चितवनको भरतपुर...
बिराटनगर । आगामी शुक्रबारबाट बिराटनगरमा सुरु हुँन लागेको बिराट एक्स्पोको तयारी पुरा भएको छ । आयोजक उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरेर कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी पुरा भएको जानकारी दिएको हो ।
प्रदर्शनीमा ३ सय ४० स्टल रहने मुल आयोजक समिति संयोजक भोलेश्वर दुलालले बताए । उनका अनुसार ४० स्टल विदेशी मुलुकका हुनेछन् । एक्स्पोमा कृषि, घरेलु तथा हस्तकलाका ६०, औद्योगि...
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निर्मला र पवित्रावीच सामान्य विवाद भएको थियो । सोहि क्रममा निर्मलाले चुलोबाट दाउरो निकालेर पवित्रालाई टाउको र मुखमा हानेकी थिईन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा प...
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवासमा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरबाट चार सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । मुढेवास स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा धनकुटा र पाँचथरका ४ सय १३ जनाले सेवा लिएका हुन् ।
शिविरमा २२ महिला र २६ पुरुष गरी ४८ जनाको आँखाको शल्यक्रिया गरिएको वडाध्यक्ष ममिन्द्र लिम्बूले जानकारी दिए । उनका अनुसार ५ जनाको आँखामा मासु पलाएको र बाँकीको मोतियाविन्दुको...
धनकुटा । मध्य पहाडी (पुष्पलाल) राजमार्ग अन्तरगत धनकुटाको लेगुवादेखि केवा खोलासम्मको सडक निर्माणको काम तोकिएको समयमै सक्न जिल्ला प्रशासन कार्यालय धनकुटाले निर्माण कम्पनीलाई निर्देशन दिएको छ । सडक निर्माणमा ढिलाई भएको जनगुनासो आएपछि सर्वपक्षिय भेला बोलाएर समयमै काम सक्न निर्माण कम्पनी विरुवा कन्ट्रक्सनलाई प्रशासनले निर्देशन दिएको हो ।
संघीय सांसद राजेन्द्र कुमार राईको निर्देशनमा प्रमुख जिल्ला अधि...
धनकुटा । धनकुटाको नुनथला स्थित कोशी राजमार्गमा मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाईते भए । तेह्रथुमबाट २५ जना यात्रु बोकेर काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे सडकमा पल्टिएको हो ।
बसमा सवार यात्रुको भनाई अनुसार ओरालो सडकमा गुडिरहेको बस घुम्ति मोड्ने क्रममा चालक छेउको ढोका खुलेर चालक खसेपछि बस भित्तामा ठोकिएर पल्टिएको ...
धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका–९ नुनथला स्थित कोशी राजमार्गमा आज दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । तेह्रथुमबाट काठमाण्डौं जाँदै गरेको प्रदेश–३–०१००५ ख.९५३२ नम्बरको मितेरी बस दिउँसो करिव साँढे ३ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालकसहित तीन जना घाईते भएका छन् । बसका चालक सुनसरीको धरान–७ का ६० बर्षीय बीरेन्द्र श्रेष्ठ र दोलाखा बैदेश्वर–५ घर भई धनकुटामा मेडिकल चलाउँ...
बिराटनगर । बिराटनगरमा सञ्चालित मैत्रीपूर्ण सुपर सिक्स क्रिकेट प्रतियोगितामा नोबेल मेडिकल कलेजको टिम बिजयी भएको छ । फाइनलमा मोरङ व्यापार संघलाई ९ विकेटले पराजित गर्दै नोबेलले उपाधि चुमेको हो ।
६ टिम सहभागि खेलमा समुह बिजेता बन्दै व्यापार संघ र नोबेल फाइनल पुगेका थिए । फाइनलमा व्यापार संघले नोबेललाई ६२ रनको लक्ष दियो । चौका र छक्काको बर्षात गरेको नोबेलले ३ ओभर २ बलमा लक्ष्य पुरा गर्दै बिजयी बनेको...
धनकुटा । धनकुटा नगरपालिका–२ त्रिसुले नजिक आइतबार दिउँसो दुई वटा यात्रुबाहक बस ठक्कर खाँदा १३ जना यात्रु घाइते भएका छन् । मोरङको उर्लाबारीबाट धनकुटाको मारेककटहरे जाँदै गरेको को.१ ख.७८८० नम्बरको बस र संखुवासभाको चैनपुरबाट झापाको सौठा जाँदै गरेको को.१ ख.५१०५ नम्बरको बस दिउँसो करिव साँढे २ बजे जुधेका हुन् ।
दुर्घटनामा परी दुवै बसमा सवार यात्रु घाइते भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्...
सुनसरी । सुनसरीको झुम्का नजिक तित्रिबनमा आज बिहान बस र माइक्रो जुध्दा श्रीमान–श्रीमतिसहित चार जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं जाँदै गरेको बा.५ ख.३१५७ नम्बरको हाइस माइक्रो र पोखराबाट आउँदै गरेको ना.६ ख.७९५ नम्बरको बस ठक्कर खाएका हुन् ।
दुर्घटनामा परी झापा धरमपुरकी १८ बर्षीया गरिमा गौतम, भद्रपुर घर भई काठमाण्डौ बस्दै आएका हेमराज कोईराला, उनकी श्रीमति डोलमाया कोइराला र हाइस चालक दिपक खड्काक...
काठमाडौं । प्रहरीले गोँगबु नयाँ बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले गोँगबु नयाँ बसपार्क शुद्धीकरण अभियानअन्तर्गत ७३ जनालाई शनिबार राति पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३२ महिला, ३७ पुरुष र चार तेस्रोलिङ्गी रहेका छन् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नयाँ बसपार्क क्षेत्रको विकृति, बिसङ्गति अन्त्यका ला...
धनकुटा । सनराइज बैंक धनकुटा शाखाले धनकुटा बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । क्याम्पससँगको सहकार्यमा कार्यक्रम आयोजना गरी बिद्यार्थीहरुलाई बैंक, बचत तथा कर्जा सम्बन्धि आधारभूत जानकारी गराईएको हो ।
दर्जनौ बिद्यार्थी उपस्थित कार्यक्रममा बैंकका शाखा प्रमुख दिनेश अधिकारीले बैंक, बचत तथा कर्जाको बिषयमा जानकारी गराएका थिए ।
सरकारको ‘समृद्धिसँग जोडौँ नाता : सबै नेपालीको बैंक खाता...
पाँचथर । पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।
ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा १६ जना बिरामीको सामान्य ...
धनकुटा । धनकुटामा सञ्चालित सामुदायिक रेडियोका प्रतिनिधिहरुको भेलाले सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) जिल्ला समन्वय समिति गठन गरेको छ ।
संघका केन्द्रीय उपाध्यक्ष अर्जुन राईको उपस्थितिमा भएको भेलाले रेडियो लालिगुँरासका स्टेशन मेनेजर विदुर खवासको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको हो ।
समितिको सदस्यमा रेडियो मकालुका स्टेशन मेनेजर सन्तोष रुचाल, रेडियो भेडेटारका स्टेशन मेनेजर पूर्णकुमार चौध...
धनकुटा । प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउँदै शैक्षिकस्तर बृद्धी गर्नुपर्ने बताएका छन् । महालक्ष्मी नगरपालिका–३ डाँडागाउँ स्थित नबिन शिक्षा सदन माध्यमिक विद्यालय ६० बर्ष पुगेको अवसरमा आयोजित हीरक महोत्सवलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाज बिकासमा शिक्षाको ठुलो महत्व हुने भन्दै प्रदेश प्रमुख अधिकारीले विद्यालयमा हुने पढाई प्रविधिमैत्री ...
झापा । आफ्नै सात वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी छोरीलाई बलात्कार गर्ने ३० वर्षीय बुबालाई पक्राउ गर्दै मङ्गलबार हाडनाता करणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाकी आमा केही वर्षअघि अर्कैसँग गएपछि बालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ...
धनकुटा । शहीदहरु राष्ट्रको मार्गदर्शन भएकाले उनीहरुको सपना पुरा गर्न सवै लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शहीद सरोकार समाज धनकुटाले मंगलबार सदरमुकाममा आयोजना गरेको अन्र्तक्रियामा शहीद परिवार तथा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा प्रदेश सांसद निरन राईले शहीद राष्ट्रको सम्पत्ति भएकाले राज्यले शहीदलाई उचित सम्मान गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसका सचिव बिजय सन्तो...
काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
चार हजार धरौटी बुझाएर उनी रिहाई भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी मुद्दामा गायिका राउतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
केहि दिन अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरी रमिता श्रेष्ठ र गायिक...
मोरङ । प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे ।
‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौँ’ प्रमुख नाराका साथ शुरु भएको सो अभियान अन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्ती...
धनकुटा । धनकुटाको पाख्रीवास घर भएका प्रहरी जवान सरोज गिरी लागुऔषधसहित बिराटनगरबाट पक्राउ परेका छन् । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको हो ।
गिरीले ज्याकेटको गोजीमा राखेर ल्याउँदै गरेको अवस्थामा १ सय ४४ ट्याब्लेट स्पास्मोप्रोक्सिभन नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डीएसपी लोकदर्श...