
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट ८७ किलो गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा संखुवासभाको चैनपुर नगरपालिका-११ का २४ वर्षीय रोशन सुवेदी र भोजपुरको हतुवागढी गाउँपालिका-३ का २२ वर्षीय सुवास राई छन् ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८-००१ ख ००९६ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बसको डिकीभित्र २ वटा सुटकेस र २ वटा झोलामा राखेको अवस्थामा गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धान भइरहेको छ ।

संगालोखबर 















