- सन्तोष सुवेदी/संंगालोखबर

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र पढाई पुरा गरेका विद्यार्थीलाई बिदाई गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियनले नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदानसहित स्वागत र फेरी भेटौला कार्यक्रम गरेको हो । स्नातक/स्नात्तोकोत्तर तह प्रथम बर्ष/सेमेस्टरलाई स्वागत तथा स्नातक चौथो वर्षका विद्यार्थीहरूलाई बिदाई गरिएको हो ।

Advertisement

प्रदेश सभा सदस्य इन्द्रमणी पराजुली, क्याम्पस प्रमुख होमबहादुर बस्नेत, स्ववियु अध्यक्ष सन्तोष बुढाथोकीसहित प्राध्यापक र विद्यार्थी नेताहरूले उनीहरूलाई स्वागत र बिदाई गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले विद्यार्थीहरूलाई आकर्षण गर्न क्याम्पसले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । स्वागत र बिदाइका अवसरमा सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!