- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ का होमनाथ मगरलाई तमोर नदीले बगाएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नदीमा नुहाउँने क्रममा मंगलबार दिउँसो करिब १ बजे २६ वर्षीय मगरलाई तमोरले बगाएको हो ।

Advertisement

उनी सोही स्थानको तमोर करिडोर सडक खण्डका काम गर्दै आएका थिए । दिउँसो साथीहरूसँग नदीमा नुहाउँन गएका उनलाई नदीले बगाएर बेपत्ता बनाएको हो ।

घटनाको जानकारी पाएपछि नावाखोला प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयवासीले उनको खोजी गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!