- संगालोखबर सम्वाददाता

ताप्लेजुङ । संस्कृति र परम्परा संरक्षण गर्न ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल पर्यटन बोर्डको सहकार्यमा ताप्लेजुङको फुङ्लिङमा जारी औद्योगिक, कृषि तथा पर्यटन मेलामा टपरी गाँस्ने प्रतियोगिता गरिएको हो ।

Advertisement

प्रतियोगितामा दुई पुरुष र ४८ महिला सहभागि भएका छन् । उनीहरूले सालको पातलाई बाँसको सिन्काले गाँसेर टपरी बनाएका हुन् । विवाह, व्रतबन्ध, न्वारन, श्राद्ध, पुजा लगायतमा टपरीको प्रयोग गर्ने चलन छ । तर, पछिल्लो समय टपरीको विकल्पमा प्लास्टिकका थालहरुको प्रयोग बढ्न थालेको छ ।

टपरीको प्रयोग घट्दै गएपछि यसलाई पुनः संरक्षण गर्दै टपरी गाँस्ने सिप अभिवृद्धि गर्न प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!