संगालोखबर सम्वाददाता

विराटनगर । गत चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बिजयी भएका विद्यार्थीहरूलाई अनेरास्ववियु मोरङले सम्मान गरेको छ । मोरङका बिभिन्न क्याम्पसमा स्ववियुको पदाधिकारी तथा सदस्यमा निर्वाचित अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरूलाई सम्मान गर्दै प्रशिक्षण दिइएको हो ।

Advertisement

विराटनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अबिर, खादा लगाएर सम्मानपत्र प्रदान गरी विद्यार्थीहरूलाई सम्मान गरियो ।

नेकपा एमालेका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, एमालेका जनसंगठन समन्वय संयन्त्र प्रमुख रविन थापा, विद्यार्थी फाट प्रमुख भाष्कर खनाल, अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमल पौडेल, जिल्ला अध्यक्ष तुलसी घिमिरे लगायतले विद्यार्थीहरूलाई सम्मान गरेका छन् ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष घिमिरेका अनुसार मोरङका नौ क्याम्पसमध्ये अनेरास्ववियुले चार क्याम्पसमा स्ववियु अध्यक्षसहित ५५ सिट जितेको छ ।

रमाइलो बहुमुखी र लेटाङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै बिजयी भएको छ । डिग्री क्याम्पसमा अध्यक्ष र नर्सिङ क्याम्पसमा सचिव बाहेक सबै पदमा अनेरास्ववियु सम्बद्ध विद्यार्थी निर्वाचित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!