- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरका पत्रकार विक्रम निरौला र उषा सरदार पुरस्कृत हुने भएका छन् । उद्घोष दैनिकका समाचार सम्पादक एवं बीबीसी नेपाली सेवाका संवाददाता निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार र मकालु टेलिभिजनकी सम्वाददाता सरदारलाई उदीयमान पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।

निरौलालाई प्रदान गर्न लागिएको सिर्जनशील पत्रकारिता पुरस्कारको राशि ५१ हजार १ सय ५१ रुपैयाँ छ । त्यस्तै, सरदारलाई ३१ हजार १ सय ५१ रुपैयाँ राशीको उदीयमान पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । पत्रकार कल्याण कोष मोरङले हरेक दुई बर्षमा सिर्जनशील पत्रकारिता पुरस्कार र हरेक वर्ष उदीयमान पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

कोषको बैठकले यसवर्ष पुरस्कृत गरिने दुवै व्यक्तिको छनौट गरेको हो । यही चैत्र २७ गते सोमवार विराटनगरमा कार्यक्रम गरेर पत्रकार निरौला र सरदारलाई पुरस्कृत गरिने कोषका अध्यक्ष  प्रल्हाद प्रसाद शाहले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!