- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित आयल निगम नजिक गएराती कार र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०२–०४०प ३२३२ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कार राती करिब ९ः३० बजे ठोक्किएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका–४ का ४५ वर्षीय शिवकुमार गुरुङको मृत्यु भएको हो । ठक्करबाट मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि कञ्चनवारीस्थित आर्या न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिब १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!