- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको मिक्लाजुङ–६ मा भीरबाट लड्दा एक जनाको मृत्यु भएको छ । कमेरे भीरबाट लड्दा स्थानीय तीनतलेका डिल्लीराम निरौलाको मृत्यु भएको हो ।

मिक्लाजुङ १ स्थित मावि टोलमा पसल गर्दै आएका निरौला दुई दिन अघि गाउँ डुल्न भनेर घरबाट हिँडेका थिए । तर, घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

भीरको बाटोबाट करिब २ सय मिटर तल निरौलाको शव भेटिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!