पाँचथरमा चोरी गर्नेले निलेको सुन ३६ घण्टापछि निकालियो
विराटनगर । चोरी गर्ने क्रममा एकजना युवकले निलेको एक तोला सुन ३६ घण्टापछि निकालिएको छ । घटना पाँचथरको हो । एउटा घरमा चोरी गर्न गएका उनले सुन निलेका थिए ।
उक्त सुन ३६ घण्टापछि मलद्वारबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका थिए ।
घटना गत चैत २८ गतेको भए पनि हालैमात्र बाहिर आएको हो । योङ्या फिदिम–२ स्थित विष्णुकुम...































