संगालोखबर संवाददाता

झापा । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो ।

Advertisement

बिजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैयाँ पायो । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपूर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधि हात पार्न बञ्चित रहयो ।

खेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेण्डर देबेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेण्डर बिशाल दर्जीले हेड मार्फत गोल गरेका थिए ।

खेलको २४ औ मिनेटमा बिर्तामोडले अग्रता दोब्बर पारेको थियो । अभिषेक गुङङको क्रस पासलाई कप्तान आशिष चापागाईंले गोल गर्न सफल भए । त्यसैगरी, इन्ज्युरी समयमा चापागाईंले नै बिपक्षी गोल रक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा मानेभन्ज्याङका सौरभ तामाङ २० यार्डबाट गरेको कढा प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ४५ औं मिनेटमा मानेभन्ज्याङका स्ट्राइकर करण राईले डि बक्समा पाएको बललाई सदुपयोग गर्न सकेनन् ।

५४ औं मिनेटमा सुरज रसाइलीले प्रहार गरेको फ्रि किकलाई सौरभ तामाङले पोष्टमा प्रहार गरेको भएपनि गोलरक्षक बाधक बनेका थिए । खेलको प्लेयर अफ द म्याच बिजेता बिर्तामोड युनाइटेडका बिशाल दर्जी घोषित भए । उनले नगद तीन हजार पुुरस्कार पाए ।

प्रतियोगिताका उदीयमान खेलाडी आयोजक आदर्श युवा क्लबका पुजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष चापागाईँ, उत्कृष्ट डिफेण्डर मानेभन्ज्याङका बिरेन प्रधान, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुङङ, उत्कष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बुु, प्रतियोगिताको उत्कृष्ट खेलाडी बितामोडका देबेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुङङ भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ पुुरस्कार पाए ।

खेलकर्मी सम्मानित

प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ठ फर्ममा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान एञ्जिला तुुम्बापोलाई नगदसहित सम्मान गरिएको थियो ।

उनलाई नगद २५ हजार रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको हो । मेची–महाकाली धावन यात्रा पूरा गर्ने जीवनाथ अधिकारी, एन्फाको १३ बर्षमुनिको टिममा पर्न सफल भाइचुुङ शेर्पा, करातेतर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदकधारी चन्द्र पुलामी मगर, तेक्वान्डोतर्फ स्वर्ण पदक धारी रेष्मा भुजेल, स्वं. रेफ्री लोकराज ढुुङगाना मरोणोपरान्त, आदर्श युवा क्लबमा पूर्वखेलाडी तथा प्रशिक्षक स्व. विनोद गुरुङलाई मरणोपरान्त सम्मान गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!