संगालोखबर संवाददाता

भोजपुर । भोजपुरको अरुण गाउँपालिका वडा–७ ले जेष्ठ नागरिकको सम्मान तथा स्वास्थ्य परीक्षण गर्न सुरु गरेको छ । जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित घरघरै पुगेर वडाले स्वास्थ्य अवस्था बुझ्दै उपचार र सम्मान गर्न थालेको हो ।

Advertisement

६८ वर्ष माथिका जेष्ठ नागरिकहरूलाई विभिन्न चरणमा भेटेर सम्मान तथा स्वास्थ्य परीक्षण गर्न थालिएको वडाध्यक्ष कुमार थापाले बताए । त्यसैगरी, आम नागरिकको अवस्थालाई दृष्टिगत गर्दै मालपोत राजस्व संकलन कार्य समेत गरिरहेको उनले जानकारी दिए ।

एउटा घर जग्गाको सामान्य मालपोत तिर्न वडा कार्यालय नै जानुपर्ने बाध्यतालाई केही हदसम्म भएपनि सहज होस् भन्ने उद्देश्य साथ यो अभियान सञ्चालन गरिएको वडाध्यक्ष थापाले बताए ।

सोही अवसरमा राजस्व सम्बन्धी नागरिकको धारणा पनि बुझ्ने गरिएको उनको भनाइ छ । ‘हामी आम नागरिकको सुझाव, अवस्था र आवश्यकतालाई दृष्टिगत गर्दै सरकारबाट पाउने सबै सेवा, सुविधालाई छिटो, छरितो, व्यवस्थित, पारदर्शी साथै प्रभावकारी ढंगबाट सेवा प्रवाह गर्ने प्रयास गरिरहेका छौं’, उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!