बैशाख २२ देखि नेपाल मारवाडी क्रिकेट लिग हुने
विराटनगर । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग वैशाख २२ गते शुरु हुने भएको छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आज पत्रकार सम्मेलन गरी जेठ ५ गतेसम्म चल्ले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
विराटनगर, भैरहवा र काठमाडौंमा नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता सञ्चालन हुने मुख्य संयोजक गोपाल अग्रवालले जानकारी दिए ।
१४ टिमको सहभागिता रहने प्रतियोगितामा विराटनगर–१९ स्थित बैज...































