मोरङको केराबारीमा क्रसरको खाल्डोमा भेटियो दाजुभाइको शव
विराटनगर । मोरङको केराबारी गाउँपालिका-८ मा रहेको कृष्ण क्रसर उद्योग नजिकैको खाल्डोमा डुबेको अवस्थामा दाजुभाइको शव भेटिएको छ । स्थानीय तोयानाथ चौलागाईँका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेनको शव खाल्डोमा भेटिएको हो ।
मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार उनीहरूको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । क्रसरको लापरबाहीका कारण घटना घटेको...































