मोरङको सुन्दरहरैँचामा टिपरको ठक्करले बुबाको मृत्यु, छोरा घाइते
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना वृद्धको मृत्यु भएको छ । मृतकका छोरा घाइते भएका छन् ।
टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको केराबारी गाउँपालिका–९ का ६९ वर्षीय रामबहादुर मगरको मृत्यु भएको हो । मोटरसाइकल चलाइरहेका उनका छोरा २२ वर्षीय रञ्जित मगर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु चढेको प्रदेश १–०२–०४२ प ८१७२ नम्बरको मोट...





























