विराटनगर । विराटनगर-१६ स्थित रानी-जोगमनी सडक खण्डबाट एक जना नक्कली प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१२ का २५ वर्षीय धनकुमार थारू छन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार थारूलाई शुक्रबार पक्राउ गरिएको हो । थारूले शारीरिक रूपमा अपांगता भएका व्यक्ति तथा सर्वसाधारणबाट पैसा असुल्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको उनले जानकारी दिइन् ।
उनले घरायसी सामान लिएर आउनेहरूलाई डरत्रास देखाएर पैसा असुली गर्ने खुलेको डीएसपी चुडालको भनाइ छ । उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट पाँच दिनको म्याद थप प्रहरीले अनुसन्धान सुरु गरेको छ ।