संगालोखबर

विराटनगर । उद्योग संगठन मोरङ विद्युत प्राधिकरणलाई संवेदनशील हुन् आग्रह गरेको छ । बारम्बारको विद्युत ‘ट्रिपिङ’का कारण उद्योग, कलकारखाना संचालनमा समस्या भएको भन्दै संगठनले प्राधिकरणको ध्यानाकर्षण गराउँदै संवेदनशील हुन आग्रह गरेको हो ।

Advertisement

सुनसरी-मोरङ औद्योगिक करिडोरमा प्राधिकरणले नियमित विद्युत आपूर्ति हुने आश्वासन दिएपनि त्यसो हुन नसकेको उद्योग संगठन मोरङले जनाएको छ । बारम्बारको विद्युत ट्रिपिङले उद्योगीहरू मारमा परेका संगठनका अध्यक्ष नन्दकिशोर राठीले बताए ।

प्राधिकरणले भारत तथा बङ्गलादेश विद्युत निर्यात गर्ने भनिरहँदा स्वदेशी उद्योग व्यवसाय लामो समयसम्म हुने विद्युत कटौतीको मार खेप्न वाध्य भएका उनको भनाइ छ ।

यो समस्याले उद्योगको मिल मेसिनेरी बिग्रन गएको, उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको, श्रमिकलाई काम बिनै राख्नुपरेको, जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको लगायतका गुनासा उद्योगी व्यवसायीले गरेका छन् ।

उनले सुक्खायाममा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको कारण उद्योगले ठूलो आर्थिक नोक्सानी ब्यहोर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युत प्राधिकरणलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!