संगालोखबर


धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौबिसे गाउँपालिका-७ मौनाबुधुक का ३० वर्षीय भुपेन लिम्बु र चौबिसे गाउँपालिका-६ राजारानी का २५ वर्षीय हेमबहादुर बिक छन् ।

धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार धरानबाट राजारानीतर्फ आउँदै गरेको को ३९ प ३०३ नम्बरको मोटरसाइकलमा सवा उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो ।

Advertisement

उनीहरूको साथबाट ३५० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । चौबिसे गाउँपालिका-६ राजारानी चोकमा चेकजाँचका क्रममा शरीर खानतलासी गर्दा ब्राउन सुगर बरामद भएको डीएसपी खनालले जानकारी दिए ।

उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!