संगालोखबर
तस्बिर सौजन्य : विप्स मिडिया

विराटनगर । चितवनको राप्ती नगरपालिका-४ डडुवामा बस र इभी माइक्रो बस ठोक्किँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर हटिया-३ का ५५ वर्षका सोमप्रसाद रूपाखेती र हेटौंडा उपमहानगरपालिका-५ का ५३ वर्षीया मैयाकुमारी न्यौपानेको पहिचान खुलेको छ भने अन्य मृतकको पहिचान खुल्न बाँकी छ ।

Advertisement

धनगढीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ज २९९ नम्बरको इभी माइक्रो गाडी आज बिहान दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!