संगालोखबर
सांकेतिक तस्वीर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-८ ढुङ्गेमा एक पुरुष मृत भेटिएका छन् । मृत्यु हुनेमा उदयपुरको कटारी नगरपालिका-११ का ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर रहेका छन् ।

स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिएर बस्दै आएका मगर आज बिहान सुतेकै अवस्थामा मृत भेटिएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

प्रहरी प्रवक्ता खनालका अनुसार मृत भेटिएका मगर भेडेटार स्थित आहाले महाभार भित्री सडक खण्डमा मजदुरी काम गर्दै आएका थिए । शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!