धनकुटा । धनकुटामा घरको बरण्डाबाट लडेर आज बिहान एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका वडा नं.१० उत्तरपानीकी ५० वर्षीया प्रमिला राई घिसिङ छन् ।
बिहान करिब ६ बजे उनी आफ्नै घरको बरण्डाबाट लडेकी हुन् । घरको दोस्रो तलाको बरण्डाबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।