संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-८ सान्ताङका ५२ वर्षीय खड्गबहादुर राई छन् ।

प्रहरीका अनुसार असार ८ गते राति करिब ११ बजे ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप उनीमाथि छ ।

Advertisement

धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार महिला सुतिरहेको अवस्थामा खड्गबहादुर घरमा प्रवेश गरेर खुकुरी देखाउँदै मुख थुनेर जबरजस्ती करणी गरेको जाहेरी परेको थियो ।

असार ९ गते सोमबार जाहेरी परेपछि प्रहरीले खड्गबहादुरलाई खोजी गरेको थियो । उनलाई सोमबार बेलुका ७ बजे धनकुटा नगरपालिका-७ बजार क्षेत्रबाट पक्राउ गरिएको डीएसपी खनालले जानकारी दिए । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!