संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालयमा फार्मेसी अध्ययन गर्ने विद्यार्थीहरूले चार प्रकारका आयुर्वेदिक औषधी उत्पादन गरेका छन् ।

विश्वविद्यालयको स्कुल अफ मेडिसिनतर्फ फार्मेसी साइन्स (औषधी विज्ञान) मा  स्नातक अध्ययनरत विद्यार्थीहरूको समुहले आफ्नै प्रदेशको जडिबुटी अनुसन्धान गरेर चार प्रकारका औषधी उत्पादन गरेका हुन ।

Advertisement

भारतको पतञ्जलि आयुर्वेद प्रतिष्ठानबाट अनुसन्धानमा सहयोग गर्न आएका डा. सुनिलकुमार शुक्लाको नेतृत्वमा फार्मेसी विज्ञानमा अध्ययनरत विद्यार्थीहरूको समुहले  आफ्नै प्रयोगशालामा अनुसन्धान गरेर भिक्स, बाम र सन्चो जस्तै चार प्रकारका गुणस्तरीय  औषधी उत्पादन गरेका छन् ।

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलका अनुसार अन्य औषधी उत्पादन गर्न अनुसन्धान भइरहेको छ । उत्पादित औषधीहरूको नाम ‘मनमोहन ओखती’ राखिएको र सरकारले प्रवर्द्धन गरेमा विश्वविद्यालय आफैँले चाँडै बजारमा लगिने उनले बताए । मनमोहन ओखती उत्पादन गर्दा कोशी प्रदेशमै पाइने जडिबुटीहरू प्रयोग गरिएको छ ।

मनमोहनले नेपाली जडिबुटीहरू प्रयोग गरेर मधुमेह रोग उपचार गर्ने र ब्याक्टेरियोफेज सम्बन्धी औषधी उत्पादन गर्नेबारे पनि विज्ञहरूको समुहले अनुसन्धान गरिरहेको छ ।   मनमोहन प्राविधिक विश्वविद्यालयमा एप्लाइड एण्ड हेल्थ साइन्स स्कुल अन्तर्गत स्नातक तहमा फार्मेसी विज्ञानमा पठनपाठन भइरहेको छ ।

उक्त विषयमा विद्यार्थीहरूलाई व्यवहारिक अनुसन्धानका लागि अमेरिकन प्रविधिमा आधारित आफ्नै गुणस्तरीय ल्याबहरू निर्माण गरिएको विश्वविद्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!