संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-८ मा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोहमद कासिमकी १२ वर्षीया छोरी नविजन खातुनको मृत्यु भएको हो ।

घरको आँगनमा खेल्ने क्रममा बालिकाको दाहिने खुट्टामा सर्पले डसेको प्रहरीले जनाएको छ । तर कुन प्रजातिको सर्पले टोकेको भन्ने खुलेको छैन ।

Advertisement

प्रहरीका अनुसार बालिकालाई उपचारका लागि इनरुवा अस्पताल लगिएको उपचार सम्भव नभएपछि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । उनको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!