मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा एक् जनाको मृत्यु भएको छ । आज दिउँसो मधुमल्ला-उर्लाबारी सडक खण्डमा भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
उर्लाबारी नगरपालिका-४ का अन्दाजी २० वर्षीय लाजेहाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका ...





























