
विराटनगर । सोलुखुम्बुमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदुधकुण्ड-७ भित्ताखर्कका ३५ वर्षीय रविन बस्नेत छन् ।
शनिबार दिउँसो सोलुदुधकुण्ड नगरपालिका-११ घुन्सा नुनथलामा विद्युतको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सोलुखुम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आवश्यक अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।