संगालोखबर

इलाम । इलामको रोङ गाउँपालिका-३ पाथलेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । झापाबाट इलामतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ नं. को ट्रकले विपरीत दिशाबाट गइरहेको बा ८९ प २२६६ नं. को मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको हो ।

Advertisement

दुर्घटनामा परी मोटरसाइकलमा सवार बझाङको बित्छडचिर गाउँपालिका-१ का २६ वर्षीय मदनबहादुर बोहरा र जाजरकोट छेडागाडा नगरपालिका-८ की २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उनीहरु गम्भीर घाइते भएका थिए । उपचारका लागि झापाको विर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको भएपनि उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो ।

घटनापछि ट्रक चालक पाँचथरको कुमाय गाउँपालिका-९ का ३३ वर्षीय नितेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!