संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आज नगरसभाको १६ औैं अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन् ।

वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट ३४ करोड ३४ लाख र प्रदेश सरकारबाट ३ करोड ६२ लाख ३० हजार आय हुने अनुमान गरिएको उपप्रमुख कार्कीले उल्लेख गरिन् ।

Advertisement

यस्तै राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्व मध्ये मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्क तर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड, सवारी साधन कर तर्फ ३ करोड ८ लाख र घरजग्गा रजिष्ट्रेसन तर्फ ९४ करोड ६० लाख ३ हजार आय हुने महानगरको अनुमान छ ।

यसैगरी आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड, संघीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख, अन्य संघसंस्थाबाट १६ लाख र नगद मौज्दात १४ करोडसहित कुल ४ अर्ब ४० लाख आय हुने अनुमान गरिएको उपप्रमुख कार्कीले उल्लेख गरिन् ।

व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको सावा व्याज भुक्तानीका लागि ५ करोड, चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमहरूका लागि ८ करोड रकम विनियोजन गरिएको उपप्रमुख कार्कीले बताइन् ।

यस्तै भौतिक पूर्वाधार तर्फ समपूरक योजनाहरूका लागि ६ करोड २० लाख, बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सारी आएका योजनाहरूको लागि ७० करोड, सडक मर्मत सम्भारका लागि १० करोड, फोहोर पानी प्रशोधन केन्द्रका लागि २ करोड ६० लाख र विद्युतीकरण कार्यक्रमका लागि २ करोड बजेट विनियोजन भएको छ ।

भवन संहिता तथा निर्माण इजाजतका लागि १ करोड ६५ लाख, सडक पूर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार, सडक बोर्डबाट सञ्चालन हुने योजनाहरूका लागि १ करोड ५० लाख साथै नगरस्तरीय योजनातर्फ ६४ करोड ६१ लख १ हजारसहित पूर्वाधार विकासतर्फ कुल १ अर्ब ६८ करोड ८३ लाख १३ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार बजेट विनियोजन भएको छ । शैक्षिक विकास कार्यक्रमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख, महिला लक्षित कार्यक्रमका लागि ९१ लाख, बालबालिका लक्षित कार्यक्रमका लागि ५० लाख र युवा विकास कार्यक्रमका लागि ८ लाख बजेट विनियोजन भएको छ ।

महानगरले आदिवासी, जनजाति, दलित, मधेशी, पिछडा वर्ग तथा यौनिक अल्पसंख्यक कार्यक्रमका लागि ४० लाख, खेलकुद विकास कार्यक्रमका लागि ९० लाख, ज्येष्ठ नागरिक कार्यक्रमका लागि २० लाख, अपाङ्गता क्षमता विकास कार्यक्रमका लागि २५ लाख र खानेपानी सरसफाईतर्फ २० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै सार्वजनिक निजी साझेदारीतर्फ २५ लाख, सामाजिक सुरक्षा तथा पञ्जीकरणतर्फ ३० लाख, रोजगार प्रवद्र्धन कार्यक्रमतर्फ ६९ लाख र संघसंस्था अनुदानतर्फ ५ करोड ५ लाखसहित  सामाजिक विकास तर्फ १ अर्ब ८९ लाख ३० हजार रकम विनियोजन गरेको उपप्रमुख कार्कीले उल्लेख गरिन् ।

यसैगरी आर्थिक विकास क्षेत्रतर्फ २ करोड ९६ लाख २५ हजार, वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख र सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बजेटको पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!