संगालोखबर
सांकेतिक तस्वीर

सप्तरी । विवाह भएको तीन दिनमै दुलहाको मृत्यु भएपछि गाउँनै शोकमा डुबेको छ । घटना सप्तरीको रुपनी गाउँपालिका-१ को हो । आइतबार गुलजार मियाँको घरमा विवाहको रौनक थियो ।

२४ वर्षीय मो. आजाद मियाको विवाह समारोहमा आफन्त, छरछिमेकी तथा साथीहरू जम्मा भएका थिए । उनीहरू नाचगान र रमाइलो गर्दै १८ किलोमिटर टाढा दुलही लिन जन्ती गएका थिए ।

Advertisement

तर मंगलबार राती ९ः३० बजे आजाद चढेका प्र २-०१-००१ प ३१३५ नम्बरको मोटरसाइकललाई स १ प ४९७२ नम्बरको टयाक्टरले ठक्कर दियो । दुर्घटनामा गम्भीर घाइते भएको उनको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आजाद शम्भुनाथ बजारतर्फ जाँदै गर्दा तीब्र गतिमा विपरीत दिशाबाट आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार सोही स्थानका १८ वर्षीय मो. समीर मियाँ गम्भीर घाइते भएका छन् ।

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक शम्भुनाथ नगरपालिका-१ का २७ वर्षीय कैलाश यादवलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!