संगालोखबर

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ अमलचौरीमा आज बिहान दुई जनाको शव फेला परेको छ । स्थानीय १४ वर्षीया मञ्जु राई र २८ वर्षीय रवीन्द्र राईको शव दुई सय मिटरको फरकमा भेटिएको हो ।

Advertisement

मञ्जुको शव बाटो छेउमा लडिरहेको अवस्थामा भेटिएको हो भने रवीन्द्र झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । स्थानीयले मञ्जुको शव बाटोमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि नजिकै रवीन्द्र पनि मृत अवस्थामा भेटिएका हुन् ।

मृतक दुवै जना छिमेकी हुन् । मञ्जु चौदण्डीगढी-२ स्थित सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । रवीन्द्र भने केही दिन अघि मात्र काठमाडौंबाट घर आएका थिए । उनीहरूको मृत्युको कारण खुलेको छैन, प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!