खोलामा डुबेर झापाका शिक्षकको मृत्यु
झापा । झापाको मेचीनगरस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मंगलबार मृत्यु भएकोे छ । मेचीनगर–३ निवासी ४० वर्षीय भण्डारी दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए ।
प्रहरीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खोलाबाट...


























