पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा आउने तीर्थयात्रीलाई सुविधा दिन प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ । पाथीभरा जाने बाटोमा पर्ने माथिल्लो फेदी भन्ने स्थानमा भवन निर्माण सम्पन्न भएसँगै केन्द्र स्थापना गरिएको हो ।
कोशी प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा चारवटा कोठा भएको एक तले भवन बनाइएको छ । यसअघि स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले अस्थायी भवन बनाइदिएका थिए । उनले पाँच व...



























