संगालोखबर


विराटनगर । सङ्खुवासभाको भोटखोलामा सुख्खा पहिरो खसेको छ । पहिरोका कारण कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथांका सडक अवरुद्ध भएको छ ।

आज बिहान राति भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको हो । दुई स्थानमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए ।

Advertisement

‘अहिले पहिरो हटाउने काम भइरहेको छ । ठूलो पहिरो खसेको छ दुई ठाउँमा’, अध्यक्ष भोटेले संगालोखबरसँग भने, ‘पहिरो पुरै हटाउन अझै एक/दुई दिन लाग्न सक्छ । धमाधम हटाउने काम भइरहेको छ ।’

उनका अनुसार सो स्थानमा पहिला पहिरो झरेको थिएन । पहिरो झरेको स्थानमा माथिबाट अझै ढुङ्गाहरू झर्ने सम्भावना रहेको अध्यक्ष भोटेले जानकारी दिए ।

उक्त स्थान सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा पर्दछ । पहिरोका कारण खाँदबारी आउने र खाँदबारीबाट गएका सवारी-साधन बाटोमा नै रोकिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!