
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-९ का एक पुरुष छिमेकीको घरमा मृत फेला परेका छन् । आज बिहान स्थानीय ४९ वर्षीय नरेन्द्र लावती लिम्बु छिमेकी डिगबहादुर खड्काको घरमा मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार खड्काको घरभन्दा एक सय ५० मिटर दक्षिणमा लिम्बुको घर छ । प्रहरीले बिहान ६ः३० बजेतिर लिम्बु मृत भेटिएको खबर पाएको थियो । प्रहरीले कानुनी प्रक्रिया पुरा गरेर शव पोष्टमार्टमका लागि मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर पठाएको थियो ।
पोष्टमार्टम पश्चात शव परिवारको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर राकेश यादवले जानकारी दिए । उनको मृत्युको कारण खुल्न बाँकी छ । घटनाका सम्बन्धमा थप अनुसन्धान लागिएको प्रहरीले जनाएको छ ।