संगालोखबर


विराटनगर । ताप्लेजुङमा केबलकारको विरोध गर्दै पदयात्रा गरिएको छ । आज राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा पदयात्रा भएको हो । करिब तीन सय जना सहभागि पदयात्रा सम्पन्न भएको छ ।

पदयात्रामा महतोसहित, पूर्वमन्त्री रकम चेम्जोङ, संविधानसभा सदस्य राजकुमार नाल्वो, किराँत याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेन, पहिचानवादी नेता खगेन्द्र माखिम, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू, मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष अध्यक्ष श्री लिङ्खिमसहितका अगुवाहरू सहभागि भएका थिए ।

काफ्लेपाटीबाट सुरु भएको पदयात्रा माथिल्लो फेदीमा पुगेर माथिल्लो फेदीमा भेला भएकासहित पुनः काफ्लेपाटीमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा पहिचान पक्षधर नेताले सम्बोधन गरेका छन् । केबलकार निर्माण कार्य बन्द नभएसम्म आन्दोलन जारी रहने राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष महतोले बताए ।

तस्बिर सौजन्य : जुगेश दास

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!