
विराटनगर । नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता फागुन ११ देखि १६ गतेसम्म झापाको दमकमा हुने भएको हो ।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताए ।
महासङ्घ कोशी प्रदेश अध्यक्ष राजकुमार थापाले महिला भलिबल खेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रगति गर्दै गएकोले स्थानीय स्तरका खेलाडीहरूलाई अवसर उपलब्ध गराउन प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा सात वटा प्रदेश, आर्मी, पुलिस र सशस्त्रको टोलीसहित १० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः पाँच लाख, तीन लाख र एक लाख ५० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

संगालोखबर 













