संगालोखबर


विराटनगर । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पाथीभरामा केबलकार बन्न नहुने बताएका छन् । आज मुक्कुमलुङ बचाउँ पदयात्रामा सहभागी हुन ताप्लेजुङ पुगेका नेता महतोले कोणसभामा बोल्दै यस्तो बताएका हुन् ।

‘केबलका निर्माण गराउने योजना खारेज गर्नलाई हामीले सङ्कल्प गरेका छौं’, महतोले भने, ‘आज हामी सम्पूर्ण देशवासी, सबै सम्यता र संस्कृतिका पक्षधर, सभ्यता र संस्कृति प्रेमी, सम्पूर्ण जनता, सबै राष्ट्रियता, सबै पहिचानहरू हामी सबैले यो संकल्पलाई समर्थन गरेका हौँ ।’

Advertisement

उनले पाथीभरामा कुनै पनि हालतमा केबलकार बन्न नहुने तर्क राखे । यो ताप्लेजुङवासीको मात्रै सभ्यता र संस्कृति नभएर सबैको सम्पत्ति भएकाले सबैको साथ र सहयोग रहेको बताए ।

‘राज्यलाई कुनै प्रकारको उहाँ छुट छैन । सरकारलाई कुनै प्रकारको छुट छैन’, महतोले थपे, ‘यहाँ पर्यटनको विकासको नाममा केबलकार बनाउन योग्य छैन । यसरी मुलुकको विकास हुन सक्दैन ।’

यसरी पर्यटनको विकास हुनेभए सगरमाथामा हेलिकप्टरमार्फत टुप्पोमा मान्छे पुर्‍याएर फर्काउँदा हुन्छ ? उनले प्रश्न गरे । केबलकार निर्माण गर्नु संस्कृति र सभ्यतालाई समाप्त पार्ने खेल भएको उनको तर्क छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!