संगालोखबर


विराटनगर । विराटनगर-१० सोमबारेमा मोटरसाइकलले सिटी सफारीलाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार कोशी लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको विराटनगर १ ह ००११ नम्बरको सिटी सफारीलाई उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १-०२-०५२ प ३१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

Advertisement

दुर्घटनामा विराटनगर-१५ की ६० वर्षीया फूलोदेवी चौधरी, सोही स्थानकी २७ वर्षीया ममता अग्रवाल, मोटरसाइकल चालक सुनसरी इनरुवा-७ का २७ वर्षीया भूपेन्द्रमान सिंह र सिटी चालक विराटनगर-८ का ५० वर्षीया मो. रघुल मिया घाइते भएका छन् ।

घाइतेमध्ये चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको सप्तकोसी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलको तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!