काठमाडौं । कोशी प्रदेशका कवि चिन्तामणि निरौला सहित सात जना नव सर्जक हेटौडामा सम्मानित भएका छन् । नव सर्जन साहित्य चौतारी नेपालले हेटौडामा आयोजना गरेको दोस्रो राष्ट्रिय नव सर्जक उत्सवको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो ।
योग-हरि पौडेल स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट कोशी प्रदेशका निरौला, शिव-साबित्री अधिकारी स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट मधेस प्रदेशका सरोजप्रसाद शाह, टीका-ईश्वरी स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट बाग्मती प्रदेशका केशव घिमिरे र गुरुबहादुर-बिष्णुमाया पाण्डे स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट गण्डकी प्रदेशका कवि रोशन तिमल्सिना सम्मानित भए ।
यस्तै शकुन्तला ढुङ्गेल स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट लुम्बिनी प्रदेशकी निशा पाण्डे, कृष्णहरि लामिछाने स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट कर्णाली प्रदेशका कवि शिवराज शाही र दिनेश शर्मा स्मृति नव सर्जक प्रतिभा पुरस्कारबाट सुदूरपश्चिम प्रदेशका कवि सुनिल बूढा सम्मानित भएका हुन् ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, नव सर्जक साहित्य चौतारी नेपालका अध्यक्ष प्रशन्ना चौलागाईं, महासचिव समर्पण न्यौपानेलगायतले नगदसहित सम्मान गरेका थिए ।