
धनकुटा । धनकुटामा एक पुरुषको शव भेटिएको छ । छथरजोरपाटी गाउँपालिका–५ का ४६ वर्षीय खेमराज थापाको शव भेटिएको हो । फागुन ३ गते बिहान घरबाट घाँस काट्न भनेर हिडेका उनी नफर्कीएपछि खोजी भइरहेको थियो ।
आज दिँउँसो १२ बजेतिर छिमेकीले घर नजिकै रहेको बोक्रे जंगलमा घाँसको भारी बोकेकै अवस्थामा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनी छारे रोगका बिरामी रहेको खुलेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।