संगालोखबर


विराटनगर । मोरङको रंगेली नगरपालिका-७ मुख्य बजार नजिकै ग्यास सिलिन्डर विष्फोट भएको छ । आज बिहानको राति करिब तीन बजेतिर प्रिमाको ग्यास सिलिन्डर विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन ।

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार सुनिलकुमार मण्डलको घरमा ग्यास विष्फोट भएको हो । ‘टिनले बेरेर सामान राख्ने ठाउँ बनाएको रहेछ’, खड्काले भने, ‘त्यहाँ अरु एकदुई वटा सिलिन्डर पनि रहेछन् । एउटा सिलिन्डर राति विष्फोट भएको रहेछ ।’

Advertisement

ग्यास विष्फोटबाट सामान्य क्षति भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । उनका अनुसार भाँडावर्तनलगायत सामानमा क्षति पुगेको छ । विष्फोटको कारण खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!