धनकुटा । नेकपा एमाले चौबिसे गाउँपालिका कमिटी धनकुटाको अध्यक्षमा जीवन कटुवाल निर्वाचित भएका छन् ।
एमाले धनकुटाका इन्चार्ज तथा पूर्वमन्त्री राजेन्द्र राईको उपस्थितिमा फागुन १० गते भएको दोस्रो गाउँ अधिवेशनबाट कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी उपाध्यक्षमा टंकमाया पाङ्मी मगर, सचिवमा युदिन चेम्जोङ, उपसचिवमा मदन तुम्सा र वेदकुमारी गजमेर निर्वाचित भएका छन् । अधिवेशनले ६० सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।