संगालोखबर


विराटनगर । भारतमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्साललाई न्याय दिनुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । आज बिहान विराटनगरका विभिन्न स्थानमा विद्यार्थीहरूले प्रदर्शन गर्दै न्यायको माग गरेका हुन् ।

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट सुरु भएको प्रदर्शन रोडशेष चोकसम्म पुगेको थियो । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अवरोधसमेत गरेका थिए ।

Advertisement

उनीहरूले प्रकृतिलाई न्याय नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका चार विद्यार्थी सङ्गठनले विराटनगरमा आन्दोलनको घोषणा नै गरेर प्रदर्शन गरेका हुन् ।

भारत ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएपछि चौतर्फी विरोध भइरहेको छ ।

ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी-टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!