संगालोखबर


विराटनगर । विराटनगर विमानस्थलबाट अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय नौशाद अन्सारी ८१ हजार अमेरिकी डलरसहित पक्राउ परेका हुन् ।

शुक्रबार राति ७ बजे यती एयरलाइन्सको जहाजबाट काठमाडौं जान लागेका उनलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

उनले आवश्यक कागजपत्र देखाउन नसकेपछि आज आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!